Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईजीपी र डिआईजीको सेटिङमा सशस्त्रको कोरोना अस्पतालमा भ्रष्टाचार

    आईजीपी र डिआईजीको सेटिङमा सशस्त्रको कोरोना अस्पतालमा भ्रष्टाचार

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 6K
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई कोरोना भइरस (कोभिड–१९) अस्पतालको रुपमा विस्तार गरेको छ । सरकारले अस्पतालको भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेको छ ।

    कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका विरामी, उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु र ड्युटीमा खटिएका कर्मचारीहरुलाई खाना खुवाउनका लागि सरकारले छुट्टै बजेट विनियोजन गरेको छ ।



    यस्तो बजेट राज्यकोषबाट करोडौं दिइएको छ । जुन बजेटमा अस्पतालका डिआईजी हरिश्चन्द्र अधिकारी (हाल सरुवा) ले बम्हलुट मच्चाएका छन् । उनले गरेका भ्रष्टाचारका केही तथ्यहरु प्राप्त भएका छन् ।



    त्यसको एक उदाहरण डिबी भेन्यु प्रालि बलम्बु हो । डिबी भेन्युलाई डिआईजी अधिकारीले खानाको ठेक्का दिलाएका थिए । कोरोना उपचार गर्ने अस्पतालमा आउने विरामी, तिनको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत खानको व्यवस्था गर्न डिबी भेन्युलाई दिइयो । चन्द्रागिरी नगरपालिका–१२ बलम्बु ठेगाना लेखिएको डिबी भेन्यु कागजमा मात्र सिमित छ ।

    भेन्युको भवन निर्माण भइरहेको छ । दर्ता मात्र भएको उक्त प्रालिसँग डिआईजी अधिकारीले ठेक्का सम्झौता गरेका छन् । मिति समेत नलेखिएको र सञ्चालकको हस्ताक्षर नभएको एउटा पत्र अस्पतालका मेडिकल डाइरेक्टरका नाममा लेखेर त्यहि पत्रका आधारमा ठेक्का दिइएको छ । करोडौंको ठेक्कामा प्रतिस्पर्धा समेत नाम मात्रको गराईएको छ ।

    अस्पतालमा कोरोनाको उपचारका लागि आएका विरामी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई खान खुवाउन भ्याट सहित ७५० रुपैयाँ प्रतिछाक उपलब्ध गराउने गरी डिबी भेन्युलाई ठेक्का दिइयो । कसैको हस्ताक्षर र मिति नै नखुलाइएको पत्रलाई सारभुत रुपमा योग्य फर्म भनी छनौट गरिएको थियो । यस्तो फर्म छनौट गर्ने कार्यमा डिआईजी अधिकारीको मुख्य हात रहेको छ ।

    डिआईजी अधिकारीले डिबी भेन्युसँग ३० प्रतिशत घुस लिएर सम्झौता गरेको उनीमाथि आरोप लागेको छ । तर, डिआईजी अधिकारीले आफूसँगसँगै सम्झौता गर्ने कमिटिका सदस्यहरु एसएसपी डा. रुपक महर्जन, डिएसपी उमेश कँडेल, लेखा अधिकृत सन्तोषकुमार चन्द, प्राविधिक प्रहरी निरीक्षक ओमबहादुर काफ्ले र देबराज सुनुवारलाई पनि हस्ताक्षर गर्न लगाएका छन् ।

    २०७६ चैत २८ गते गरिएको निर्णय नम्बर १ मा चारवटा फर्म मध्ये डिबी भेन्युले पेश गरेको खानाको मेन्यु र दररेट प्रभावग्राही देखिएको हुँदा उक्त फर्मलाई ठेक्का दिने निर्णय गरेको उल्लेख छ । तर, कागजमा सीमित भेन्युले बाहिरबाट खाना ल्याएर विरामी र अरुलाई खुवाउनु पर्नेमा त्यसो नगरी सशस्त्र प्रहरी अस्पतालको क्यान्टिनमा नै खाना तयार गरी खुवाउँदै आएको छ ।

    अस्पतालले कम्पनीलाई ठेक्का दिने तर, खाना क्यान्टिनमा तयार गरी खुवाउने र प्रतिव्यक्ति ७५० रुपैयाँ लिने गरिएको छ । विल पनि खुलमखुल्ला क्यान्टिनबाटै काटिने गरेको छ । यो सबै काम अस्पतालको क्वाटर मास्टरको जिम्मेवारी लिएका सई धर्म पण्डितले गर्दै आएका छन् । पण्डित डिआईजी अधिकारीका विश्वासपात्र हुन् । उ

    क्त अस्पतालमा ११० जनासम्म कोरोनाका विरामीले उपचार गराउने गरेका छन् । स्वास्थ्यकर्मी र ड्युटिमा खटिने प्रहरी गरी १५–२० जना हुने गर्दछन् । दैनिक १३० जनालाई डिबी भेन्युका नाममा ठेक्का दिएर क्यान्टिबाटै सबै खाना खुवाई गएको चैत देखि नै भ्रष्टाचार हुँदै आएको छ ।
    यसरी दैनिक १ जना बराबर १ हजार ५ सयका दरले खानाको भुक्तानी लिएर क्यान्टिनमै खाना तयार गरी खुवाएर भ्रष्टाचार गरिएको छ ।

    अख्तियारले डिबी भेन्यु र ठेक्का दिलाउने डिआईजी अधिकारीका बारेमा छानविन गरी कारबाही गर्ने अपेक्षा अस्पतालकै कर्मचारीले गरेका छन् । सशस्त्रको कोरोना अस्पतालको ७५० को खानाको गुणस्तर अत्यन्तै कमसल भएको, अस्पताल फोहोर भएको बेडहरु थोत्रा भएको, शौचालय दुर्गन्धित भएका गुनासा आएपनि सशस्त्रका आईजीपी शैलेन्द्र खनालले कुनै चासो दिएका छैनन् ।

    सरकारले दिएको करोडौं बजेट डिआईजी अधिकारीले भ्रष्टाचार गरी अस्पताल अस्तव्यवस्त बनाउँदा पनि आईजीपी खनालले उनलाई संरक्षण गरेका छन् । केही दिन अघि डिआईजी अधिकारी कर्णाली प्रदेश सरुवा भए पनि भ्रष्टाचारको हिसाबकिताब र घुस मिलान गर्न २० दिनसम्म रमाना नै नलिइ बसेका थिए ।

    अस्पतालको प्रमुख चिकित्सकबाट बनाउँदै आए पनि खनालले इन्फ्रेन्टीतर्फका एसएसपी अधिकारीलाई अस्पताल प्रमुख बनाएका थिए । अस्पतालमा भ्रष्टाचार गर्नकै लागि खनालले उनलाई विधि मिचेर अस्पताल प्रमुख बनाएका थिए ।  यस बारेमा प्रतिक्रियाका लागि खनालसँग पटक -पटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन (यूनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार