Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका थप १६ जनामा कोरोना संक्रमण

    सशस्त्र प्रहरीका थप १६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु रहेका एपीएफका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।

    योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भएका छन् । संक्रमित प्रहरीहरुको धरान र विराटनगरमा उपचारका लागि लगिने तयारी भइरहेको छ ।



    हाल देशभर एपीएफका १५८ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डीआईजी अर्यालले बताए । आज थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार