Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वास्थ्यकर्मीकाे पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

    स्वास्थ्यकर्मीकाे पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्यकर्मी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई पीसीआर गरेर मात्रै सेवामा लाग्न अनिवार्य गरिएको उल्लेख छ ।

    मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीबाट समेत बिरामीमा कोरोना भाइरस नसरोस् भन्नका लागि पीसीआर अनिवार्य गराइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षर गरिएको परिपत्रमा नियमित स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सुरक्षित र स्वस्थ राख्नु समेत जिम्मेवार निकायको कर्तव्य रहेको भन्दै त्यसको लागि पनि सबैको पीसीआर आवश्यक बनाइएको उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार