Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुख्यमन्त्री नै तोड्छन् नियम, जनताले के टेर्नु

    मुख्यमन्त्री नै तोड्छन् नियम, जनताले के टेर्नु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैले नियम विपरित एक कार्यक्रमको उद्घाटन गरेका छन् । कोरोना महामारीका बेला सरकारले प्रतिबन्ध लगाएको कार्यक्रममा उपस्थित भएका उनले न त सामाजिक दूरी कायम गरेका छन् न त माक्स नै प्रयोग गरेको देखिन्छ ।

    यस्तो महामारीका बेला मुख्यमन्त्री राई दुग्ध संकलन केन्द्रको उद्घाटन गर्न पुगेपछि उनको आलोचना शुरु भएको छ ।



    मुख्यमन्त्री राईले बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्रको उद्घाटन गरेका हुन् ।



    संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको अवस्थामा मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बनेका हुन् ।

    सामाजिक सञ्जालमा भाइरल भएका तस्विर हेर्दा न त उनले भौतिक दूरी कायम गरेका छन् न त माक्स नै प्रयोग गरेका छन् । त्यसो त उक्त कार्यक्रमहरुमा मानिसहरुको भिड पनि उत्तिकै देखिन्थ्यो ।

    अझै अचम्म लाग्दो कुरो त के हो भने उक्त कार्यक्रममा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरेका थिए ।

    बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरेका थिए । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार