Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लिदी पहिरोमा परि पुरिनेको संख्या ३९ पुग्यो, ११ शवको पहिचान

    लिदी पहिरोमा परि पुरिनेको संख्या ३९ पुग्यो, ११ शवको पहिचान

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउपालिका-२, लिदीमा गएको पहिरोमा परि पुरिनेको संख्या ३९ पुगेको छ । बेपत्ता ३९ मध्ये ११ को शव फेला परेको प्रहरीले जनाएको छ ।

    मृतकको पहिचान खुलेकाहरुमा ३६ वर्षीया टीकमाइ दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीया बिताइ झाँक्री दोङ, ७० वर्षीय जयबहादुर दोङ, आठ वर्षीय मिलन दोङ, २४ वर्षीया धनमाइ दोङ, चार महिने शिशु रेनिश दोङ, ३० वर्षीया दावाल्हामु दोङ, पाँच महिने शिशु तारल्हामु दोङ, पाँच वर्षीय सानु दोङ र पाँच वर्षीया प्रिती दोङ रहेका छन् ।



    शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पहिरोबाट विस्थापित परिवारका लागि आवश्यक राहत तथा उद्धार सामाग्री लिएर सो गाउँमा पुगेका थिए । लिदी पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले  नगद र राहत बितरण गरेका थिए ।



    गृहमन्त्री थापाले घटनामा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा तिव्रता दिन र पीडितहरुको लागि बस्ती स्थानान्तरण गरि उपयुक्त स्थानमा बसोबासको लागि प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार