Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोक पहिरो : ९ जनाको शव फेला, अझै २२ जना बेपत्ता

    सिन्धुपाल्चोक पहिरो : ९ जनाको शव फेला, अझै २२ जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.2K
    SHARES

    फाइल तस्बिर

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नाै जनाको शव फेला परेको छ । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । अझै २२ जना बेपत्ता छन् ।

    प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।



    बाह्रबीसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ। माथिल्लो टोलका घाइतेलाई दुई घण्टापछि मात्रै उद्धार गरेर बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । श्रेष्ठका अनुसार पहिरोमा अझै २२ जना बेपत्ता छन् । उनीहरूको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार