Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव फेला, अझै २४ जना बेपत्ता

    सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव फेला, अझै २४ जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) प्रकाश सापकोटाले बताए ।

    पहिरोमा परेर नेवारटोलका २ जनाको ज्यान गएको छ । सो ठाउँका ६० वर्षीय सर्किनी नेवार र ६५ वर्षीय धनलाल नेवारको शव फेला परेको छ । पहिरोका कारण २४ जना बेपत्ता भएको डिएसपी सापकोटाले बताए ।



    त्यस्तै नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो । तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताए ।



    त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ । यस्त, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ । दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिए। । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार