Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना भाइरस अपडेट : थप ६४१ जनामा संक्रमण पुष्टि, १३४ जना डिस्चार्ज

    काेराेना भाइरस अपडेट : थप ६४१ जनामा संक्रमण पुष्टि, १३४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा आज आइतबार थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा थप ६४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    उनका अनुसार पछिल्लो २४ घण्टामा थप  १३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १०४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार