Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोली प्रहार गरी रौटहटमा पुजारीको हत्या

    गोली प्रहार गरी रौटहटमा पुजारीको हत्या

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    रौटहट। अज्ञात व्यक्तिले कन्चटमा गोली प्रहार गरी रौटहटमा एक  जना पुजारीको हत्या गरेको छ ।

    बुधबार राति  माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको गोली लागेर हत्या भएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालयका रौटहटका डिएसपी भरत श्रेष्ठका अनुसार मन्दिरमा खाना खाँदै गर्दा साहमाथि गोली हानिएको थियो।



    गोली हान्ने व्यक्ति फरार छन्।  घटनाको अनुसन्धानका लागि रौटहटका एसपी रविराज खड्का सहितको टोली घटनास्थलमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार