Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तरुण दलका नेतामाथि वीरेन्द्रनगरमा गोली प्रहार

    तरुण दलका नेतामाथि वीरेन्द्रनगरमा गोली प्रहार

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ ।

    शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो ।



    तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको बताइएको छ ।



    फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ ।

    सोही कारण नेपालगन्जदेखि गण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गरिएको कँडेलमाथि आरोप लागेको छ ।

    एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार