Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • धनमाया हत्या प्रकरण : सहायक हवल्दार झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित

    धनमाया हत्या प्रकरण : सहायक हवल्दार झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 3.8K
    SHARES

    काठमाडौँ । दाङमा प्रहरी जवान धनमाया थापा गोली हानी हत्या प्रकरणमा एकजना प्रहरी हवल्दार निलम्बनमा परेका छन् ।

    पत्नी थापाको हत्या गर्ने सहायक हवल्दार यामबहादुर झाँक्रीलाई पेस्तोल दिने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको हो ।



    बिहीबार राति घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार झाँक्रीले गोली हानेर प्रहरी जवान तथा पत्नी धनमायाको हत्या गरेका थिए । दामोदर चोकमा ड्युटीमा खटिएकी श्रीमतीलाई पति यामबहादुरले बिहीबार राति गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको हो ।



    उनले पत्नीलाई ३ राउण्ड गोली प्रहार गरेका थिए । गोली धनमायाको छाती र कोखामा लगोको थियो । घटना लगत्तै उनलाई लमही वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनी आफैंले चलाएर आएको भे १२ प १५५० नम्बरको मोटरसाइकलमै भागेका थिए ।

    ती सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । तर उनी फागुन २ गतेदेखि लागु हुने गरी चार दिनको बिदामा बसेका थिए । तर उनी पत्नीको हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट आएको भेटिएको छ । उनी विदामा पनि पेस्तोल ल्याएर आएपछि सो पाल खुलेको हो ।

    प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले ती पेस्तो दिने जिन्सी शाखाका हवल्दार थापालाई निलम्बन गरेर अनुसन्धान थालिएको छ ।

    नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र स्रोतले जनाएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

    धनमाया र यमबहादुरको नाबालक छोरी छिन् । श्रीमान–श्रीमतीबीचको सम्बन्धको खटपटका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान हुन बाँकी रहेको दाङ प्रहरी बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार