Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वीरेन्द्रनगर गोली काण्ड : चारजना पक्राउ, भारतीय सुटरको कनेक्सन !

    वीरेन्द्रनगर गोली काण्ड : चारजना पक्राउ, भारतीय सुटरको कनेक्सन !

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

    शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।



    सोही घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । तर उनीहरुको प्रहरीले परिचय खुलाएको छैन् ।



    प्रहरीका अनसार शनिबार राति गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको थियो ।

    फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ ।

    प्रहरीले घटस्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल बरामद गरेको छ । घटनामा भारतीय सुटर पनि संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार