Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरी गणका १६ जनामा काेराेना संक्रमण

    सशस्त्र प्रहरी गणका १६ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.3K
    SHARES

    पोखरा । सशस्त्र प्रहरी गणका १६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हाे

    गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्य २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।



    प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सं्रक्रमण पुष्टि भएको हो । यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार