Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्त जेल चलान

    सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्त जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले बिहीबारपवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    अदालतले एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरुलाई अदालतले पुर्पक्षमा पठाउँथ्यो । क्षतिपूर्ति दिए पनि मुद्दा फैसलापछि मात्र दिने नजीर थियो । तर यो पटक प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । प्रारम्भिक सुनुवाइमै राहतकोषबाट रकम दिने आदेशले पीडितलाई उपचारमा सहयोग पुगेको छ भने न्याय पाएको अनुभूति पनि भएको अधिवक्ता राधिका खतिवडाले बताइन् ।



    आजको थुनछेक बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए । सरकारी वकिल चपला पोखरेलले पनि बहस गरेकी थिइन् ।



    एसिड प्रहार गर्ने आलम र मुन्नालाई महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले घटना भएकै दिन पक्राउ गर्न सफल भएको थियो ।
    डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि साउन ८ गते  एसिड प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार