Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सरकारकाे पछिल्लाे नियुक्तिप्रति प्रचण्डकाे असन्तुष्टि, भन्छन्-खारेज गर्नुस्

    सरकारकाे पछिल्लाे नियुक्तिप्रति प्रचण्डकाे असन्तुष्टि, भन्छन्-खारेज गर्नुस्

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेमा प्रचण्डले नेकपा विवाद समाधानका लागि कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् । भेटमा प्रचण्डले पछिल्ला नियुक्ति खारेज गर्न ओलीसँग माग पनि गरेका छन् ।

    प्रचण्ड निकट स्रोतले भन्यो ‘अध्यक्ष कमरेडले आजको भेटमा पछिल्लो पटक जे जस्ता राजनीतिक नियक्तिहरु भएका छन् । ति सबै खारेज गर्नुस् भन्नुभएको जानकारी पाएको छु । विशेषगरी अध्यक्षले सोमबारको मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउनु भएको हो’,।



    तर, प्रधानमन्त्री ओलीले भने कार्यदल गठनअघि नै ती नियुक्तिहरु प्रक्रियामा रहेका र निर्णयहरु गरिएको जवाफ दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । त्यस्तै सरकालले तीन देशका राजदुत पनि नियुक्त गरेको थियो। यिनै नियुक्तिमा दाहालले असन्तुष्टि जनाएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार