Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल गर्न पेरिसडाँडा पुगे बाबुराम

    प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल गर्न पेरिसडाँडा पुगे बाबुराम

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् ।

    भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका हुन् ।



    प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका भट्टराई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल गर्ने बताइएको छ ।



    मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार