Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीको विधान सम्मेलनबारे बाबुरामको टिप्पणी – पार्टीलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ

    माओवादीको विधान सम्मेलनबारे बाबुरामको टिप्पणी – पार्टीलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादीको विधान सम्मेलनबारे चार बुँदे टिप्पणी गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो टिप्पणी गरेका हुन् । उनले पुरानै विधानलाई डेन्टिङ पेन्टिङ गरिएको आरोपसमेत लगाए ।



    उनले विधानले पार्टीको विचार र राजनीतिलाई संगठन, नेतृत्व, शैलीमा ढाल्ने र जनतासँग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गरे पनि पार्टीको संगठनात्मक सिद्धान्त, ढाँचा र शैलीमा कुनै नयाँ क्रमभंगता नदेखिने प्रष्ट पारेका छन् ।



    स्टालिनको पालादेखि भ्रष्टीकृत भइसकेको ‘जनवादी केन्द्रीयता’ लाई डेन्टिङ पेन्टिङ गरेर विधानलाई निरन्तरता दिइएको उनको भनाइ छ। ‘अहिलेको बहुवर्गीय अर्थ(राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाँचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मामाओवादी केन्द्रलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ,’ उनले भनेका छन् ।

    यस्तै उनले नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय, विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाँ पहल गर्ने सोंच, साहस र शैली भएको टिप्पणी गरे ।

    तर, वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरताबाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार