Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारलाई बाबुरामको प्रश्न – जताततै प्रतिबन्ध, जनताले कहाँ गएर आफ्ना माग सुनाउने ?

    सरकारलाई बाबुरामको प्रश्न – जताततै प्रतिबन्ध, जनताले कहाँ गएर आफ्ना माग सुनाउने ?

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 309
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकोप्रति विरोध गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै प्रश्नसमेत गरेका हुन् । जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै डा. भट्टराईले जंगल कि खोलानाला भन्दै प्रश्न गरे ।



    उनले लेखेका छन्, ‘बालुवाटारमा प्रतिबन्ध ! सिंहदरबारमा प्रतिबन्ध ! बानेश्वरमा प्रतिबन्ध ! माइतिघरमा प्रतिबन्ध ! शान्तिबाटिकामा प्रतिबन्ध ! ‘जताततै प्रतिबन्ध ?’



    यस्तै उनले जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न छ,’जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने त ? अनकंटार जंगलमा ? कि खोलानालामा ?’

    ‘यही हो जनतामा निहित सार्वभौमसत्ता रु उन्नत लोकतन्त्रमा जनताको निरन्तर निगरानी र खबरदारी अनिवार्य हुन्छ हैन र ? अनि किन सार्वजनिक विरोधमाथि निरन्तर संकुचनरअंकुश ?’ उनले थप प्रश्न गरे ।

    जनता सडकमा उर्लेर नै लोकतन्त्र र गणतन्त्र स्थापना भएको भन्दै डा.भट्टराईले फेरि जनता सडकमा उर्लन सक्छन् भन्ने सत्ताधारीहरूलाई हेक्का रहनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार