Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए : बाबुराम भट्टराई

    अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुरामले यस्तो बताएका हुन् ।



    उनले यही कारण देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रहेको बताए ।



    युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेको उनको भनाइ छ ।

    ‘इतिहासको नियमैअनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन् । बाबुरामहरूजस्ता केही ‘मूर्ख’ हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार