Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ठूला माछाको संरक्षणका लागि महरालाई फसाइयो : बाबुराम भट्टराई

    ठूला माछाको संरक्षणका लागि महरालाई फसाइयो : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 504
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका गरेका छन्।

    पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्ने बताए।



    महरा पक्राउबारे अध्यक्ष भट्टराईले भने,‘यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो?’



    साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशंका गरे ।

    सुन जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी उपाध्यक्ष महरामाथि छानबिन गर्न सिफारिस गरेको थियो ।

    आयोगले प्रतिवेदन बुझाएको केही दिनपछि सोमबार महरा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार