Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन, निरन्तर अघि बढिरहन्छ : बाबुराम भट्टराई

    जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन, निरन्तर अघि बढिरहन्छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 432
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यहरू रहेसम्म जनक्रान्ति अन्त्य कहिल्यै अन्त्य नहुने टिप्पणी गरेका छन् ।

    आज बिहान जनयुद्ध दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले जनक्रान्ति भिन्न रूपमा निरन्तर अघि बढिरहने बताएका हुन् ।



    उनले हिजोका कतिपय क्रान्तिकारीहरू थाकेर सत्ताको चास्नीमा झिंगा डुबे झैं डुबे पनि सत्य र न्यायको मार्गमा प्रतिबद्ध र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहने बताए ।



    ‘जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन ! त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ,’ उनले लेखेका छन्, ‘कतिपय हिँजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्झन् ! तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन् !’

    पूर्व माओवादी नेतासमेत रहेका भट्टराईले जनयुद्ध दिवसमा चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त नहुने प्रण गर्न अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार