Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कान्धाहारमा तालिबानको आक्रमणबाट ४ प्रहरी मारिए

    कान्धाहारमा तालिबानको आक्रमणबाट ४ प्रहरी मारिए

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ ।

    अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको हो । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ ।



    उक्त सम्झौतामा तालिबान समूहले आफगानिस्तानमा जारी हिंसात्मक कारबाहीलाई न्यून गर्ने, अफगान सरकारसँग शान्ति वार्ता गर्ने, अफगान कारागारमा बन्दी तालिबान लडाकूलाई मुक्त गर्ने, युद्धविराम गर्ने लगायतका विषय समेटिएका छन् । स्राेत एएनआई



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार