Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल

    ६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेकाे छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार अस्पताल नभएका ६४९ वटा स्थानीयत तहमा ५ शय्याको अस्पतालको सेवा शुरु गर्ने निर्णय गरेका हुन् ।

    स्थानीयत तहमा अस्पताल संचालनको लागि ६४ करोड रुपैयाँ निकासा गरिएको छ । स्थानीयत तहमा संचालन हुने असपतालमा कम्तिमा एक जना एमबीबीएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने स्थानको निर्णयको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ ।



    यस्तै निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले नीतिगत निर्णय समेत गरेको छ । यस्तै कोरोना संक्रमणको दर बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालमा एक हजार वेडको शय्या थप गर्ने, प्रदेश अस्पतालहरुमा १ हजार ९ सय ५७ वटा वेड थप गर्ने निर्णय समेत गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार