Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अनुमतिबिनै सञ्चालित धनगढीका सञ्जिवनी र स्वस्तिक हस्पिटल बन्द

    अनुमतिबिनै सञ्चालित धनगढीका सञ्जिवनी र स्वस्तिक हस्पिटल बन्द

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.2K
    SHARES

    कैलाली । धनगढीका दुई अस्पताललाई बन्द गरिएको छ । अनुमतिबिनै स्वास्थ्य सेवा सञ्चालन गरेपछि स्वस्तिक हस्पिटल र सञ्जिवनी अस्पताललाई बन्द गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय कैलालीमा बिनाअनुमति अस्पताल सञ्चालन गरेको भन्दै उजुरी परेको थियो ।



    त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलाली, स्वास्थ्य निर्देशनालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिकाको टोलीले धनगढीमा तीन अस्पतालमा अनुगमन गरेको थियो ।



    तीमध्ये दुई अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन अनुमति नै नलिई सेवा प्रवाह गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार