Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सचिव योगेश भट्टराई उपचारका लागि अस्पताल भर्ना

    एमाले सचिव योगेश भट्टराई उपचारका लागि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

    सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि आज उनको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो ।



    भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन् ।



    ‘उच्च ज्वरोका कारण आज उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ”, एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले भने, ‘उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्णरूपमा आराम गर्न भन्नुभएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार