Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ७० करोड काण्डमा उजुरी दिने कता हराए ? अख्तियारदेखी सिआईबी नै अन्योलमा

    ७० करोड काण्डमा उजुरी दिने कता हराए ? अख्तियारदेखी सिआईबी नै अन्योलमा

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन लगाएर ७० करोड कमिशन खान लागेको अडियो लिक भएपछि बाँस्कोटाले  पदबाट राजिनामा दिए।

    उजुरीकर्ता बिजय मिश्रले अख्तियारदेखी  संसदीय समितिलाई अचम्मित बनाए, अख्तियारलाई झुक्याए। र, दृश्यबाट पलायन भए।



    सांसद सूर्य पाठकले मिश्रको विज्ञतामाथि समितिमा प्रश्न गरे। ‘हामीलाई थाहै थिएन। तर, एकाएक विज्ञका रुपमा मिश्रजीलाई निम्त्याएपछि हामीले प्रश्न गरेका थियौं,’ सांसद पाठकले  भने, ‘विज्ञ हुुन त अनुभव, आधार र प्रमाण चाहिन्छ नि।’ पाठकसहित सांसद प्रेम आलेलगायतले पनि सेक्युरिटी प्रिन्टिङ मेसिन विज्ञ हुन मिश्रले के कहाँ अध्ययन गरेको, कतिवटा आर्टिकल लेखेको र त्यससम्बन्धी के कस्तो योग्यता छ भनी समितिमा प्रश्न उठाए। समितिमा मिश्रको योग्यता र दक्षतामाथि प्रश्न उठेपछि उनी कुन आधारमा समितिमा छिरे भन्ने खोजी भयो। सरकारले फ्रेन्च वा जर्मन कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ मेसिनको ठेक्का दिन खोजेपछि मिश्रले लेखा समितिमा उजुरी हालेका थिए।



    सरकारले महँगोमा सेक्युरिटी मेसिन किन्न लागेको भन्दै उजुरी दिएका मिश्र नै विज्ञका रुपमा निम्त्याइएका थिए। स्विस कम्पनीका नेपाल एजेन्टका रुपमा आफूलाई परिचित गराउँदै हिँडेका उनी विज्ञका रुपमा निम्त्याएपछि समितिमा प्रश्न उठेको थियो।

    त्यही क्रममा उनले आफू स्विस कम्पनीको एजेन्ट भन्दै सञ्चार मन्त्रालय, नेता र शक्ति केन्द्र धाउने गरेका थिए। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटासँग पनि उनले यही क्रममा भेट गरेका थिए।

    लेखा समिति सचिव रोजनाथ पाण्डेले लगानी बोर्डको कागजातसहित समितिमा उजुरी गरेपछि मिश्रलाई विज्ञका रूपमा बोलाइएको जानकारी दिए। सरकारले किन्न लागेको फ्रान्स वा जर्मनीका सरकारभन्दा पोल्यान्ड र जापानी कम्पनीबाट सस्तोमा सेक्युरिटी मेसिन किन्न सकिने भन्दै मिश्रले कागजात पेस गरेका थिए। तर, सरकारले जीटुजीबाटै ती दुईमध्ये एक देशसँग किन्ने प्रक्रिया अघि बढाउन खोजेपछि मिश्रले तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको भन्दै अडियो बाहिर ल्याए।

    संसदिय समितिले उनीमाथि कारबाहीका लागि सरकारलाई सिफारिस गर्‍यो। समितिले मिश्रमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीको सीआईबीलाई पत्राचार गरेको थियो।

    बाँस्कोटा–मिश्र टेप प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विचाराधीन छ। अख्तियारले उनलाई बयानका लागि पटक–पटक ताकेता गर्‍यो। टार्दै आएका उनी अन्त्यमा कानुनी वारेसमार्फत लिखित जवाफ दिएर सम्पर्कविहीन भए। -अन्नपूर्णबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार