Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मध्यरातमा ट्रकहरुबाट ब्याट्री चोरी गर्ने भारतीय गिरोह पक्राउ

    मध्यरातमा ट्रकहरुबाट ब्याट्री चोरी गर्ने भारतीय गिरोह पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.6K
    SHARES

    कास्की। कोरोना महामारीको बेला पनि पोखरामा रातको समयमा ट्रकहरुबाट ब्याट्री चोरी गर्ने भारतीय गिरोह सक्रिय रहेको पाइएको छ।

    पोखरा चाउथे खसिबजारस्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ५- थान ब्याट्री चोरी गरेको अभियोगमा प्रहरीले नेपाली नागरिक दुई र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।



    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले  चोरीको व्याट्री सहित उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा क्रमश: बाँके घर भई पोखरा हेवलीमार्ग बस्ने कमल पुन, दाङ नारायणपुर घर भई  पोखरा हेवलीमार्ग बस्ने बिनोद भन्ने अजय चौधरी, धादिङ सरांघाट घर भई  पोखरा काजिपोखरी बस्ने पुर्ण बहादुर माझी,भारत बिहार घर भई  पोखरा  बिरेन्द्रचोक बस्ने दिनेश शाह र भारत बिहार घर भई  पोखरा  बिरेन्द्रचोक नै बस्ने बिनोद प्रसाद जैसवाल रहेका छन्।

    उनीहरु बिरुद्ध चोरी कसुरमा मुद्धामा आठ दिन म्याद थप गरी कानूनी प्रकृया अगाडी बढाईएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले वताए।

    भारतीय नागरिक साह र जैसवाल दुबै जनाले कवाडी सामान संकलन गर्दै आएको र उनीहरुको योजनामा नेपाली नागरिकले चोरी गर्ने ट्रकसम्म पुर्याइदिने गरेको खुलेको छ। साह र जैसवाल चोरी गिरोहका  मास्टरमाइन्ड रहेको एक प्रहरी अधिकारीले वताए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार