Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनालाई छिट्टै परास्त गरी तपाईँको सेवामा फर्किन्छु : मेयर शाक्य

    कोरोनालाई छिट्टै परास्त गरी तपाईँको सेवामा फर्किन्छु : मेयर शाक्य

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ ।

    उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको बताएका छन् । ‘म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।



    उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार