Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुशान्त आत्महत्या : रियाको घरमा प्रहरीको छापा, दुई जना पक्राउ

    सुशान्त आत्महत्या : रियाको घरमा प्रहरीको छापा, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 5.2K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान १५ दिन बित्दा पनि जारी छ ।

    सीबीआईसँगै ईडी र नार्कोटिक कन्ट्रोल व्युरो( एनसीबीको) अनुसन्धान पनि द्रुत गतिमा भइरहेको छ। आज बिहान एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा छापा मारेको थियो।



    एनसीबी टोलीको खोजी अभियान शमूएल मिरन्दाको घरमा पनि भइरहेको छ। रिया र उनको परिवारलाई ड्रग्स  प्रकरणमा एनसीबीले लक्षित गरेको छ।



    ड्रक्स प्रकरणमा एनसीबीले हालसम्म २ औषधि पसलहरुलाई पक्राउ गरेको छ , एक जना हिरासतमा छन् । पक्राउ परेका ड्रक्स कारोबारीले रियाको भाई शोभिक र सुशान्तको स्टाफ शमूएल मिरन्दाको नाम पोलेका छन्।

    यसै समयमा, एम्स अस्पतालको फोरेंसिक विशेषज्ञ टोलीले सुशान्त केसमा आज आफ्नो प्रतिवेदन पेश गर्ने वताइएको छ ।

    एनसीबी टोलीले रियाको भाई शोविकलाई बोलाएको छ। एनसीबीले शोभिकलाई ड्रग्स प्रकरणमा सोधपुछ गर्ने छ। रियाको घरमा एनसीबीको छापा अझै जारी छ।  एनसीबीको टोलीले छापा मारेर शमूएल मिरन्दालाई नियन्त्रणमा लिएको छ।
    एनसीबी टोलीलेसुशान्त केसमा  शमूएल मिरन्दाको घरमा पनि आज बिहान छापा मारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार