Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लागूऔषध मुद्दामा सुशान्तकी प्रेमिका रियाका भाई पक्राउ

    लागूऔषध मुद्दामा सुशान्तकी प्रेमिका रियाका भाई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.6K
    SHARES

    एजेन्सी।  बलिउडका अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नार्कोटिक कन्ट्रोल व्युरो( एनसीबी)ले  शोभिक चक्रवर्तीलाई पक्राउ गरेको छ।

    सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाई समेत रहेका शोभिकलाई एनसीबीले लागूऔषध केसमा पक्राउ गरेको हो । यसअघी



    आज बिहान एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा छापा मारेको थियो।



    एनसीबी टोलीको खोजी अभियान शमूएल मिरन्दाको घरमा पनि भइरहेको छ। रिया र उनको परिवारलाई लागूऔषध प्रकरणमा एनसीबीले लक्षित गरेको छ। लागूऔषध प्रकरणमा एनसीबीले हालसम्म २ औषधि पसलहरुलाई पक्राउ गरेको छ , एक जना हिरासतमा छन् ।

    पक्राउ परेका लागूऔषध कारोबारीले रियाको भाई शोभिक र सुशान्तको स्टाफ शमूएल मिरन्दाको नाम पोलेका थिए ।

    एनसीबीले शोभिकलाई लागूऔषध प्रकरणमा सोधपुछ गरेलगत्तै पक्राउ गरेको हो ।  एनसीबीको टोलीले  शमूएल मिरन्दालाई नियन्त्रणमा लिएको छ।
    एनसीबीले लागूपदार्थको सम्बन्धमा ठोस प्रमाण खोजिरहेको थियो। शोभिकको नाम रियाको च्याटमा मात्र आएको थिएन तर जैद र बासितले पनि लिंकको बारेमा कुरा गरे। एनसीबीले अब रिया चक्रवर्तीलाई समेत पक्राउ गर्न सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार