Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

    विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन्। भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको हो ।

    उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका उनलाई प्रहरीले धनुषा पठाउने जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पु-याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए।



    नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाँडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आएका थिए । सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु¥याएको थियो । नेता विरही विप्लव समूहका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार