Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ७० करोड काण्डका नाइके बाँस्कोटालाई मन्त्री बनाउने तयारी

    ७० करोड काण्डका नाइके बाँस्कोटालाई मन्त्री बनाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । ७० कराेड कमिशनकाे माेलमाेलाइ गरेकाे टेपकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको छ । उनलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेलिएकाे स्राेतले बतायाे ।

    बाँस्कोटालाइ योजनावद्ध तरिकाले टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बनाउने प्रक्रिया शुरू भएकाे विश्वस्त स्रोतले जानकारी दिएको छ । बाँस्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र टेपको डिभाइस लिएर उपस्थित हुन पत्र लेखेको छ । तर, मिश्रले एक साताभित्र आउन नसक्ने जानकारी गराइसकेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चाटर्ड फ्लाइट मात्र भएकाले आफू एक हप्ताभित्र आउन नसक्ने बताए ।



    ‘टेपको अडियो मात्र होइन मसँग भिडियो पनि छ अख्तियारलाई बुझाउँछु,’ उनले पत्रकार ऋषि धमलासँगको अन्तवार्तामा भने, ‘रेकर्ड गरेको छोरीको फोन जापान भएकाले त्यो लिन आएको हुँ ।’ जापानमा रहेका मिश्र सात दिनभित्र अनुपस्थित भएमा बास्कोटाको विषय अगाडि नबढ्ने र बास्कोटा चोख्खिने अवस्था बन्न सक्छ ।



    उनले आफूसँग टेपको सामाग्री समेत रहेको दाबी गरेका छन् । अडियो मात्र नभई भिडियो टेप रेकर्ड पनि रहेको मिश्रको दाबी छ । तर, उनले भिडियो सार्वजनिक गरेका छैनन् । उक्त भिडियो अख्तिारलाई बुझाउने समेत बताए । उनले भने, ‘भिडियो प्रष्ट छ कुनै क्यारिक्याचर छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार