Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेक्युरिटी प्रेस खरिद काण्डमा मुछिएका बाँस्कोटा नै अब लेखा समिति सदस्य !

    सेक्युरिटी प्रेस खरिद काण्डमा मुछिएका बाँस्कोटा नै अब लेखा समिति सदस्य !

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ बार्गेनिङ गर्ने गोकुल बास्कोटालाई नेपाल कम्युनिस्ट पार्टी एमालेले  सार्वजनिक लेखा समिति सदस्यमा सिफारिस गरेको छ ।
    सेक्युरिटि प्रेस खरिद प्रकरणमा बास्कोटालाई छानबीन गर्न भन्दै समितिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको थियो ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा विवादास्पद सिफारिस गरिएको हो ।



    बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादित बनेका थिए ।



    लेखा समितिले खरिद प्रकरणमा त्रुटि रहेको भन्दै थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । समितिले यससम्बन्धी छानबिनको प्रगति विवरण माग गर्दै केही महिनाअघि आयोगलाई पत्र लेखेको थियो ।

    त्यस्तै कोरोना महामारीका बेला मेडिकल सामग्रीमा खरिदकाण्डमा मुछिएका ईश्वर पोखरेलका अति निकट सांसद राजेन्द्र गौतम पनि लेखा समिति सदस्यमा सिफारिस भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार