Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लवका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ

    विप्लवका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न विप्लवका एकजना जिल्ला नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे छ । अपहरणमा संलग्न विप्लव समूहका सिन्धुली जिल्ला समिती सदस्य राजिव सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले रातोपाटीलाई बताइन् ।

    भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला प्रअ भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । गाउँलेले उनलाई महभीरको जंगलबाट अपहरणमुक्त गरे ।



    अपरहणमा संलग्न गोलन्जोर–१ घर भएका राजिव त्यहाँबाट भागेर काठमाडौं आए । काठमाडौंको जोरपाटी स्थित नेपाल अर्थोपेडिक अस्पतालमा उनि नाम बदलेर भर्ना भएका थिए । रुद्र बहादुर सुनुवारको नाममा अस्पताल भर्ना भएका उनलाई आईतबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि महानगरीय अपराध महाशाखाले पक्रेर सिन्धुली पठाएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार