Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अहिलेसम्मकाे काेराेना खाेपले काम गरेकाे छैन: डब्ल्यूएचओ

    अहिलेसम्मकाे काेराेना खाेपले काम गरेकाे छैन: डब्ल्यूएचओ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध विकसित भइरहेका खोपका सम्बन्धमा निराशा पार्ने बयान दिएको छ। यतिबेला विश्वका कैयौं देश कोरोना खोप परीक्षणको अन्तिम चरणमा छन्।

    यसरी डब्ल्यूएचओले निर्धारित मापदण्डअनुसार क्लिनिकल परीक्षणको एड्भान्स स्टेजमा पुगेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी नदेखिएको बताएको छ। उक्त विश्व संस्थाले आगामी वर्ष सन् २०२१ सम्म पनि विश्वका सबैले खोपको आवश्यक डोज पाउने आश नभएको पनि जनाएको छ।



    विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा विश्वभरि कोरोना भाइसरका कैयौं खोप एड्भान्स क्लिनिकल स्टेजमा रहेको जानकारी दिएका हुन्। तर, कुनै पनि खोपका लागि त्यो पूर्णरूपमा प्रभावकारी भएको भन्न सक्ने अवस्था भने नरहेको उनले बताएका छन्।



    अर्को वर्षको मध्यसम्म पनि व्यापक खोपको अपेक्षा गर्न नसकिने उनले सचेत गराएका छन्। तेस्रो चरणको परीक्षणमा धेरै समय लागिरहेको छ किनभने ती खोप कोराना भाइरसविरुद्ध कति सुरक्षित छन् र त्यसको कुनै साइट इफेक्ट छ÷छैन भन्ने जस्ता गम्भीर पक्ष हेर्न चाहेको ह्यारिसले बताएका छन्। नेपाल समाचार पत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार