Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोफेक्सम्यालिन, मेकफ, र म्याग्रिप एन कोल्ड पछि भारतमा उत्पादिन गुइफेनेसिन टिजी सिरप खान अयोग्य

    कोफेक्सम्यालिन, मेकफ, र म्याग्रिप एन कोल्ड पछि भारतमा उत्पादिन गुइफेनेसिन टिजी सिरप खान अयोग्य

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) पनि दूषित पाइएको जनाएको छ ।

    डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको जनाएको हो ।



    ल्याब परीक्षण गर्दा उक्त सिरपमा डायथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको मात्रा आवश्यकताभन्दा बढी पाइएको डब्ल्यूएचओले जनाएको छ ।



    यी दुवै कम्पाउण्ड मानिसलाई विष समान हुने र अधिक मात्रामा सेवन गरेमा ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    डब्ल्यूएचओले यो दूषित कफ सिरफ मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा पाइएको जनाएको छ । यद्यपि संगठनले यो सिरपबाट कोही विरामी भए/नभएको वा कसैको ज्यान गए÷नगएको भन्नेबारे केही खुलाएको छैन ।

    क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले नियामक निकायको अनुमति पाएपछि आफूहरुले १८ हजार ३४६ बोतल औषधि कम्बोडियामा पठाएको तर प्रशान्त क्षेत्रका मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा कसरी पुग्यो भन्ने थाहा नभएको बताएका छन् ।

    उनले बीबीसीसँग भनेका छन्–‘हामीले यो औषधि प्रशान्त क्षेत्रमा पठाएका थिएनौं । यो औषधि त्यहाँ प्रयोग गर्नका लागि प्रमाणित पनि थिएन । तर कसरी मार्शल द्वीप र माइक्रोनेशिया पुग्यो भन्ने हामीलाई थाहा छैन ।’

    यसअघि डब्ल्युएचओले भारतकै मेरियन बायोटेकले उत्पादन गरेको ‘डक–१ म्याक्स’ नामको कफ सिरप सेवन गर्दा उज्वेकिस्तानमा २० बालबालिकाको मृत्यु भएको जनाएको थियो ।

    यसैगरी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । डब्ल्यूएचओका अनुसार बच्चाले सेवन गर्ने यी औषधिबाट पश्चिम अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार