Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाम्बियामा रुघाखोकीको औषधी खाँदा ६६ जना बालबालिकाको मृत्यु

    गाम्बियामा रुघाखोकीको औषधी खाँदा ६६ जना बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 852
    SHARES

    एजेन्सी । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।

    गाम्बियामा रुघाखोकीको औषधि प्रयोग गर्दा ६६ जना बालबालिकाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो।



    डब्ल्यूएचओले भनेको छ, ‘डब्ल्यूएचओले आज पहिचान गरिएको चार दूषित औषधिहरूको लागि मेडिकल उत्पादन चेतावनी जारी गरेको छ। जुन सम्भावित रूपमा तीव्र मृगौला चोटपटक र बालबालिकाहरूमा ६६ मृत्युसँग जोडिएको छ। यी युवाहरूको जीवन गुमाउनु उनीहरूको परिवारको लागि हृदयविदारक छ।’



    भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा-खोकीको औषधि) उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।

    डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

    डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार