Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

    अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ।

    बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् ।



    लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई स्काभेटर, १३ टिपर, दुई आइचर र दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । यो आवमा रु चार लाख १५ हजार जरिवाना असुल भइसकेको प्रहरीले जनाएको छ । गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट रु १७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार