Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भारतीय दुतावासले छात्रवृत्तिको परीक्षामा पहिले नै लिक गर्‍याे प्रश्नपत्र

    भारतीय दुतावासले छात्रवृत्तिको परीक्षामा पहिले नै लिक गर्‍याे प्रश्नपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 5K
    SHARES

    काठमाडौँ। नेपाल स्थित भारतीय दुतावासले कम्पेक्स २०२० छात्रवृत्ति योजना अन्तर्गतको लिएकाे परिक्षाकाे प्रश्नपत्र पहिले नै लिक भएकाे खुलासा भएकाे छ। लिक भएकाे प्रमाण भेटिएपछि दूतावासकाे गम्भीर त्रुटी बाहिर आएको हाे।


    भदौँ २३ र २४ गते (सेक्टेम्बर ७ र ८) मा भएको परिक्षामा खुलेआम चोरी भएको तथ्यले परीक्षामाथि प्रश्न चिन्ह खडा भएकाे छ। याे वर्ष दुई सय ५० देखी तीन सय विद्यार्थीलाई दिइने उक्त छात्रवृत्ति दुतावासका कर्मचारीले पैसा लाेभमा प्रश्नपत्र लिक गरेकाे स्राेतकाे भनाइ छ। दूतावासले गरिवलाई भन्दा पनि हुने खानेलाई नै छात्रवृति दिइने गरेकाे छ।



    स्नातक पढ्ने नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिमा विगतमा विगतको इतिहासमा केन्द्रीय आधारमा लिने गरेको परिक्षा भएता पनि यो वर्ष विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अनलाईन बेसमा गरिएको परिक्षामा उक्त्र गम्भीर लापरवाही भएका हुन्।



    दुतावासद्वारा अनलाईन परीक्षाको माध्यमबाट गरिएको परिक्षामा पूर्ण रुपमा वेब क्यामराको नियन्त्रणमा रही गरिनुपर्ने स्पष्ट प्रवाधान रहेता पनि परिक्षा गर्ने दुतावासले नै निर्माण गरेको नियमलाई लत्याएकाे छ। दूतावासले गरिव तथा जहेन्दार विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गरेको स्राेतकाे भनाइ छ।

    परिक्षालाई पूर्ण रुपमा दुतावसले तोकेको व्यक्ति वा संस्थाको निगरानिमा गर्नुपर्ने र विद्यार्थीले परिक्षा दिँदाको समायवधिको बीचमा कोही आफन्त र वा अन्य कुनै पनि व्यक्ति उक्त विद्यार्थी रहेको कोठमा समेत रहन नपाउने गरी गरेको व्यवस्थालाई लत्याउँदै प्रश्नपत्र आउट गरी आफन्त वा शिक्षकलाई प्रश्नपत्र पुर्याई शिक्षकले उत्तर तयार गरी विभिन्न सामाजिक सञ्जालका ग्रमुपहरुमा पठाई परिक्षा लिएको खुल्न आएको छ ।

    स्राेतका अनुसार शिक्षक उत्तर तयार पारी विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट व्यवस्था गरेको र सोही उत्तर पुस्तीकालाई अनलाईनको माध्यबाट निकट विद्यार्थीले अपलोड गरी वास्तविक गरिव तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने भन्दा पनि पहुँचका भरमा परिक्षा दिई आफैले तयार पारेको नियमलाई दुतावासले लत्याएको हाे।

    परीक्षाकाे लागि विभिन्न नियम दूतावासले बनाएपनि त्यसलाइ कार्यान्वयन भने गरेकाे देखिएन। दूवासले लिएको अनलाईन परिक्षामा चिट चोरेर दिएको र उक्त छनौट प्रकृयामा गम्भिर त्रुटी रहेको सजिले बुझ्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार