Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतीय गुप्तचरसामु ओली लम्पसार परेको भीम रावलको दाबी, रातारात के निर्णय गरियो ?

    भारतीय गुप्तचरसामु ओली लम्पसार परेको भीम रावलको दाबी, रातारात के निर्णय गरियो ?

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। प्रचण्ड–माधव नेतृत्वको नेकपाका  नेता   भीम  रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई केपी ओलीले रातारात बोलाएर के- के निर्णय गरे भन्ने कुराको खोजी हुनुपर्ने वताएका छन् ।

    शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता  रावलले नेकपाको सात दशक लामो ईतिहासमा अहिले जे घट्ना भैरहेको छ, यो अत्यन्तै दुःखद् रहेको बताए । रावलले भने, ‘भारतीय ‘रअ’का प्रमुख सामन्त गोयलसँग राति १२ बजे बोलाएर के–के साउती गर्नुभयो ?  यो लज्जाको विषय हो । परराष्ट्रमन्त्रीलाई अमेरिका पठाउनुभयो,’ उनले भने, ‘के–क नै काम गर्यो भनियो, सम्बन्ध उचाईमा पुग्यो भनेर ।



    अमेरिकाको होम ल्याण्ड सेक्युरिटी छ, त्यसलाई नेपाल भित्र्याउने गरि एग्रिमेन्ट गर्नुभयो । पार्टनरसिप एग्रिमेन्टको कागजपत्र पेश गर्न संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले उहाँलाई पत्राचार गर्यो, समिति सभापतिले पटक पटक कागजजात पेश गर्न भनियो, अहिलेसम्म पेश भएन् ।’ नेपालको नयाँ नक्सासहितको पुस्तक प्रकाशन गर्न समेत ओलीले अवरोध गरेको उनले बताए ।
    ‘नेपालको पाठ्यक्रममा पनि नेपालको नयाँ नक्सा समावेश गर्न अवरोध भयो, रातारात त्यो पुस्तक रोक्न लगाउनुभयो । पुस्तिकामा किन प्रतिबन्ध लगाउनुभयो ?  उहाँले नक्सा प्रकाशन गर्न चाहनुभएको थिएन् ।



    लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले फिर्ता गर्नुपर्छ भनेर आवाज उठ्ने भयो भनेर संसद विघटन गर्ने काम भयो । कतै यो षड्यन्त्रको अंग त होईन ? भनेर अहिले आशंका गरिएको छ, रावलले भने।’

    रावलले संसद विघटनविरुद्ध परेको रिटमा अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् ।

    उनले पार्टीको पुष १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको सुनाए । उनले भने,‘पार्टीको स्थायी कमिटी बैठक पुष १ गते बस्दैथियो ।

    संवैधानिक परिषदको प्रावधानमाथि हमला गरेर संशोधन विद्येयक ल्याउनुभयो । उहाँ कस्तो प्रधानमन्त्री हो ?  पहिले फिर्ता गरेको विद्येयक फेरि ल्याउनुभयो । राष्ट्रपति केपी ओलीको मात्रै राष्ट्रपति हो कि ?  संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हामी शितलनिवास गएका थियौं, हाम्रो समावेदन किन दर्ता भएन ?  देशभक्त जनताले सोध्नुपर्छ ।’
    नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे । उनले भने,‘हाम्रो पक्षमा त २८७ केन्द्रीय सदस्यहरुको हस्ताक्षर छ । अहिले त तीन सय २५ को हाराहारीमा छौं, पार्टीको विधान नमान्ने व्यक्तिले देशको कानून मान्छ होला र ? ’ उनले ओलीले पार्टीको विधानसमेत कुल्चिएको आरोप लगाए ।

    उनले थपे,‘अन्त्यमा उहाँ पार्टीमाथि अपराध गर्ने कुकृत्यमा लाग्नुभयो । हुन त उहाँ संसदीय व्यवस्थाको हवाल दिनुहुन्छ। यो हाम्रो संसद आफ्नै खालको विशेषयतायुक्त छ । कुनैपनि प्रधानमन्त्रीले संसद भंग गरेपछि, निजले राजिनामा दिनुपर्छ । राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त नहुञ्जेलसम्म तपाईँले कार्यसञ्चालन गर्न भनिने हो । राष्ट्रलाई दिर्घकालिन प्रभाव पार्ने काम गर्न पाईँदैन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार