Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानले सीमामा आतंकवादीमार्फत सुरुङ खनेको भारतीय गुप्तचरको रिपोर्ट

    पाकिस्तानले सीमामा आतंकवादीमार्फत सुरुङ खनेको भारतीय गुप्तचरको रिपोर्ट

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। पाकिस्तानले कश्मिर तथा साम्बालगायतका सीमामा आतंकवादी संगठनमार्फत नयाँ योजना बनाएको भारतले आरोप लगाएको छ।

    भारतीय मिडिया रिपोर्टका अनुसार भारतीय गुप्तचर एजेन्सीहरूले  पाकिस्तानले दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी )नजिक टनेल खन्न लागेको आरोप लगाएका हुन।



    जैश-ए-मोहम्मद र हिजबुल मुजाहिद्दीनका आतंकवादी संगठनहरूले यो काम गरिरहेका छन्। आतंकवादीहरू बाहेक, पाक रेन्जरले सुरुङको सुरक्षा गर्ने काम गरिरहेको छ।



    भारतीय खुफिया एजेन्सीहरूका कागजातहरूले धेरै कुरा पत्ता लगाएका छन्। पाकिस्तान अब स्थल मार्गमार्फत भारतमा घुसपैठ गर्न खोजीरहेको छ । त्यसैले उसले बहुमुखी सुरुङको योजना बनाएको छ। जाडो मौसममा हिउँ पर्ने हुँदा पाकिस्तानले भारतमा घुसपेठ गर्न यो नयाँ चाल रचेको हो ।

    गुप्तचर रिपोर्टका अनुसार पाकिस्तानले सुरुङ खन्ने तीन-स्तरीय रणनीति बनाएको छ। पाक रेन्जरसँगै आतंकवादीहरूको समूहले वरिपरि नजर राख्छ। आतंकवादीहरूले यस सुरुङलाई फलामको पाइप र फाइबर टिन आदि लगाउँदै काम गरिरहेका छन्। जसले ठूलो आवाज निकाल्दैन।

    गुप्तचर रिपोर्टका अनुसार सुरुङबाट बाहिर निस्किने बिन्दुलाई बहुमुखी बनाउने षडयन्त्र भइरहेको छ भन्ने अनुमान लगाउन सकिदैन।

    सुरुङको उचाई पाँच फिट र चौडाइ तीन देखि चार फिट हो। यसको मुख भारतको सीमा तर्फ अडीच फिट राखिन्छ।

    यद्यपि यस भन्दा पहिले पनि पाकिस्तानले २०१७ सालमा भारतीय सिमानामा सुरुङ खन्ने काम गरिसकेको छ। यस वर्ष अगस्तमा साम्बा सिमाना नजिक सुरुङ भेटिएको थियो । भारतीय पक्षले लगाएको यो आरोपको बिषयमा पाकिस्तानले भने मुख खोलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार