Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बम बिस्फोटबारे ‘रअ’ का पूर्व प्रमुखले भने – दिल्लीको वातावरण बिग्रिएपछि आक्रमण भयो

    बम बिस्फोटबारे ‘रअ’ का पूर्व प्रमुखले भने – दिल्लीको वातावरण बिग्रिएपछि आक्रमण भयो

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। दिल्लीमा शुक्रबार बेलुका इजरायली दूतावास बाहिर भएको बम बिस्फोट अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ।

    अनुसन्धानमा एउटा ठूलो षडयन्त्र औंल्याइएको छ। दिल्लीमा बसोबास गर्ने केही इरानीहरूलाई सोधपुछ भइरहेको छ। विस्फोटको लिंक ईरानबाट प्राप्त भइरहेको वताइएको छ । बम विस्फोट भएको ठाउँमा कासिम नाम सुलेमानीको उल्लेख छ।



    आजतकसँग कुराकानीको क्रममा भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व  प्रमुख एनके सूदले भने – दिल्लीको वातावरण बिग्रियो, जसको कारण आक्रमण गरियो।
    यस बीच इजरायली एजेन्सीहरू अनुसन्धानका लागि भारत आउन सक्ने वताइएको छ ।



    केही इजरायली एजेन्सीहरूले इजरायली नागरिकहरू र रणनीतिक महत्त्वका लक्ष्यहरूमा भएका आक्रमणहरूका लागि विश्वभर छानबिन गर्छन्।  यी एजेन्सीहरूले इजरायलबाट आएका भारतका अनुसन्धान अधिकारीहरूलाई सहयोग पुर्‍याउँछन्। इजरायलले यस घटनालाई आतंकवादी कार्य भनिसक्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार