Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाकिस्तानी अदालतद्वारा जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरबिरूद्ध पक्राउ पूर्जी जारी

    पाकिस्तानी अदालतद्वारा जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरबिरूद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.5K
    SHARES

    एजेन्सी। पाकिस्तानी अदालतले बिहीबार जैश-ए-मोहम्मद प्रमुख मौलना मसूद अजहरबिरूद्ध पक्राउ वारेन्ट जारी गरेको छ।

    अदालतले आतंकवादलाई आर्थिक सहयोग गरेको प्रकरणमा मसूद अजहरबिरूद्ध पक्राउ वारेन्ट जारी गरेको हो।



    पंजाब पुलिसको आतंकवाद विरोधी विभाग (सीटीडी) द्वारा शुरू गरिएको आतंकमा बित्तिय सहयोग प्रकरणको सुनुवाइको क्रममा  आतंकवाद विरोधी अदालत (एटीसी) ले मसूद अजहरसहित जैशका केही सदस्यहरू विरुद्ध वारेन्ट जारी गरेको छ।



    एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई न्यायमूर्ति नताशा नसीम सुप्राले मसूद अजहरको पक्राउ वारेन्ट जारी को उल्लेख गरेका छन्।

    अदालतले आतंकवादी संगठन जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई पक्राउ गरी अदालतमा हाजिर गराउन सीटीडीलाई निर्देशन दिएको छ।

    फेब्रुअरी २०१९ मा पुलवामा आतंकवादी हमलापछि पाकिस्तानको पंजाब प्रान्तको पुलिसले आतंकवादको लगानीको बिरूद्ध अभियान शुरू गर्‍यो र यस केसमा  जैशका ६ जना कार्यकर्ताहरुलाई गुजराउनवालामा पक्राउ गर्‍यो ।

    सीटीडीले  जैशको अखडामा छापा मारेको छ र संगठनका केही सदस्यहरूलाई पक्राउ गरेको छ । उनीहरूबाट लाखौं नगद बरामद भएको  छ।

    पुलवामा हमलापछि अन्तर्राष्ट्रिय दबाब बढेपछि पाकिस्तान सरकारले मसूद अजहरका छोरा र भाइ लगायत प्रतिबन्धित आतंकवादी संगठनका १०० भन्दा बढी सदस्यहरूलाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार