Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुम्बई हमलाका मास्टरमाइन्डलाई प्रति महिना १ लाख ५० हजार दिन अनुमति

    मुम्बई हमलाका मास्टरमाइन्डलाई प्रति महिना १ लाख ५० हजार दिन अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 3.5K
    SHARES

    एजेन्सी। संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति समितिले मुम्बई हमलाका मास्टरमाइन्ड तथा कट्टरपन्थी संगठन लश्कर-ए-तैयबाका अपरेशन प्रमुख जकीउर रहमान लखवीलाई हरेक महिना १ लाख ५० हजार पाकिस्तानी रूपैयाँ दिन अनुमति दिएको छ।

    इन्डियन एक्सप्रेस अखबारका अनुसार लखवीलाई हरेक महिना खानाको लागि ५० हजार, औषधिलाई ४५ हजार, सार्वजनिक उपयोगिता शुल्कमा २० हजार, वकिलको शुल्कमा २० हजार र यातायातका लागि १५ हजार दिइनेछ।



    पाकिस्तानको इमरान खान सरकारको अपीलमा  समितिले यो अनुमति दिएको छ।



    मुम्बईको अतिवादी आक्रमण पछि समितिले लखवीलाई चरमपन्थीहरूको सूचीमा राखेको थियो। २०१५ देखि लखवी जमानतमा छन् ।

    समितिले प्रतिबन्धित आणविक वैज्ञानिक महमूद सुल्तान बशीरुद्दीनलाई प्रति महिना पैसा पठाउन पाकिस्तानको अनुरोधलाई पनि स्वीकार गरेको छ।

    उनी उम्मा तामीर-ए-नौका संस्थापक र निर्देशक रहेका छन्। पाकिस्तानको आणविक उर्जा आयोगका लागि काम गर्ने बशीरुद्दीनले अफगानिस्तानमा ओसामा बिन लादेनलाई पनि भेटेका थिए।

    उनलाई पाकिस्तानको नवाज शरीफ सरकारले सितारा-ए-इम्तियाज (पाकिस्तानको तेस्रो सर्वोच्च नागरिक सम्मान) बाट सम्मानित गरेको थियो।

    संयुक्त राज्य र संयुक्त राष्ट्र दुबै देशले बशीरुद्दीन र कट्टरपन्थी उम्मा तामीर-ए-नामाथि प्रतिबन्ध लगाएको थियो । तिनीहरू अब पाकिस्तानमा स्वतन्त्र रूपमा बस्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार