Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इजरायली दूतावास बम बिष्फोट : ‘ट्रेलर’ भन्दै राजदूतको नाममा लेखिएको चिठी बरामद

    इजरायली दूतावास बम बिष्फोट : ‘ट्रेलर’ भन्दै राजदूतको नाममा लेखिएको चिठी बरामद

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    नयाँ दिल्ली । इजरायली दूतावास बाहिर शुक्रबार बम बिष्फोट भएको एक दिनपछि भारतका लागि इजरायलका राजदूत रोन मल्काले उक्त घटनालाई एउटा आतंकवादी हमला भनेका छन्।

    उनले त्यसको विश्वास गर्ने पर्याप्त कारण रहेको समेत वताए। जुन कुरा पछिल्लो केही हप्ता जानकारी पाएको र सुरक्षा सतर्कताको स्तर बढाइएको कुराले पनि खुलेको छ।



    समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा उनले  अनुसन्धानमा सम्भावित सबै कुराको बारेमा विचार गरिने  र २०१२ को इजरायली कूटनीतिज्ञमाथि भएको हमलासँग यस घटनाको कुनै सम्बन्ध छ कि छैन भनेर हेरिने उल्लेख गरे ।



    यो आक्रमणले अरब देशहरूसँग इजरायलको शान्तिको प्रयास विचलित गर्न भनिएको हो कि भनेर सोध्दा उनले भने, ‘पश्चिम एशिया क्षेत्रमा अस्थिरता खोज्नेहरूका यी आक्रमणहरूले हामीलाई रोक्न सक्दैन र रोक्दैनन। हाम्रो शान्ति प्रयासहरू कुनै बाधाबिना जारी रहनेछ।’

    दिल्ली पुलिसको विशेष सेलको एउटा टोली यस विस्फोटको अनुसन्धान गरिरहेको छ। पीटीआईले सूत्रहरूलाई लेखेको छ कि शुक्रबार साँझ एक चिठी पनि बरामद भएको छ, जुन इजरायली राजदूतको नाममा थियो र यो ‘ट्रेलर’मा लेखिएको थियो। यसले गत वर्ष इरानका शीर्ष सैन्य नेता कासिम सुलेमानी र आणविक वैज्ञानिक मोहसिन फाख्रिजादेहको मृत्युको उल्लेख गरेको छ।

    शुक्रबार भएको बम बिष्फोटको बारेमा दिल्ली पुलिसका जनसम्पर्क अधिकारीले भनेका थिए, ‘जिन्दल हाऊज नजिक एपीजे अब्दुल कलाम रोडमा साँझ ५ बजे कम क्षमताको आईईडी विस्फोट भएको थियो। यसले कुनै चोटपटक वा कुनै सम्पत्तिको क्षती भएको छैन। नजिकै रहेका तीन कारहरूको सिसा मात्र त्यसमा भाँचिएको छ। सुरुमा यो सनसनी पैदा गर्न खोजिएको जस्तो देखिन्छ।’

    यसपछि भारतका परराष्ट्रमन्त्री एस जयशंकरले इजरायलका परराष्ट्र मन्त्रीसँग कुरा गरे र सुरक्षाको बारेमा आश्वासन दिए।

    उनले ट्वीटमा लेखे ,  ‘भारत सरकार यस विषयमा गम्भीर छ र दोषीलाई खोज्न कुनै कसर छोड्ने छैन। शुक्रवार  भारत र इजरायल बीच मैत्रीपूर्ण सम्बन्धको २९ औं वार्षिकोत्सव थियो।

    इजरायली दूतावासले भने  घटनाको अनुसन्धान गरिरहेका भारतीय अधिकारीहरू सम्बन्धित इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको र दुवै पक्ष अनुसन्धानमा खटिएको उल्लेख गरेका छन् ।

    इजरायली राजदूत रोन मल्काले आफ्नो भिडियो सन्देशमा इजरायल र भारतबीचको कडा मित्रताको उल्लेख गरेका छन् । – बिबिसी हिन्दी 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार