Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुम्बई हमलाका मास्टरमाइन्ड लश्करका कमान्डर पाकिस्तानमा पक्राउ

    मुम्बई हमलाका मास्टरमाइन्ड लश्करका कमान्डर पाकिस्तानमा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.3K
    SHARES

    एजेन्सी। २६ नोभेम्बर २००८ मा भएको मुम्बई आतंकवादी हमलाका प्रमुख योजनाकार मध्ये  लश्कर-ए-तैयबाका अपरेशन प्रमुख जाकिउर रहमान लखवीलाई पाकिस्तान पुलिसले पक्राउ गरेको छ।

    भारतिय संचारमाध्यम आजतकका अनुसार लखवीलाई पाकिस्तानको पंजाब प्रान्तमा पक्राउ गरिएको छ।



    आतंककारीहरूलाई आर्थिक सहयोग गरेको आरोपमा लखवीलाई पक्राउ गरिएको छ। यद्यपि उनको पक्राउको बारेमा मुम्बई आक्रमणको बारेमा उल्लेख गरिएको छैन।



    पाकिस्तानका पंजाबका सीटीडीले  लखवीलाई आतंककारीहरुलाई निरन्तर आर्थिक सहयोग गरिरहेकोआरोपमा पक्राउ गरिएको वताएका छन्।

    उनले भने, लखवी औषधालय चलाउँछन् र आतंककारीहरूका लागि रकम जुटाउँछन्। लखवीलाई यो आरोपमा पक्राउ गरिएको छ।

    आतंकवादीहरूको सूचीमा लखवीको नाम सूचीबद्ध भए पछि उनको  सम्पत्ति र बैंक खाताहरू बन्द गरिएको थियो ।

    यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति समितिले  लखवीलाई हरेक महिना १ लाख ५० हजार पाकिस्तानी रूपैयाँ दिन अनुमति दिएको थियो ।

    लखवीलाई हरेक महिना खानाको लागि ५० हजार, औषधिलाई ४५ हजार, सार्वजनिक उपयोगिता शुल्कमा २० हजार, वकिलको शुल्कमा २० हजार र यातायातका लागि १५ हजार दिन  स्वीकृती दिइएको थियो ।

    मुम्बईमा अतिवादी आक्रमणपछि समितिले लखवीलाई चरमपन्थीहरूको सूचीमा राखेको थियो। २०१५ देखि लखवी जमानतमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार