Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाकिस्तानी नेता सइदको घरनजिक बम विष्फोट गराएको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय

    पाकिस्तानी नेता सइदको घरनजिक बम विष्फोट गराएको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । पाकिस्तानमा हाफिज सइदको घरनजिकै बम विष्फोट गराएको अभियोगमा चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। साथै, उनीहरुलाई सहयोग गरेको अभियोगमा एक महिलालाई ५ वर्ष कैद सजाय सुनाइएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उनीहरूमाथि गत वर्षको जुनमा जमात-उद-दावा प्रमुख हाफिज सइदको घर नजिकै बम विस्फोट गराएको आरोप लगाइएको थियो।उक्त कार विस्फोटमा चार जनाको मृत्यु भएको थियो ।



    पाकिस्तानको पञ्जाब प्रान्तको अतिवाद विरोधी विभागले एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, सबै दोषी पाकिस्तानी नागरिक हुन् र उनीहरूलाई घटनापछि पक्राउ गरिएको थियो।



    सईदलाई २००८ को मुम्बई हमलाको मास्टरमाइन्डको रूपमा मानिन्छन् भने अमेरिकाको न्याय मन्त्रालयले उनलाई अमेरिकाको जिम्मा लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार