Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुम्बई हमलाका दोषी साजिद मिरलाई कालोसूचीमा राख्ने प्रस्तावमाथि चीनको रोक

    मुम्बई हमलाका दोषी साजिद मिरलाई कालोसूचीमा राख्ने प्रस्तावमाथि चीनको रोक

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 738
    SHARES

    एजेन्सी। चीनले मुम्बई हमलाका दोषी र लश्कर-ए-तैयबाका आतंकवादी साजिद मिरलाई कालोसूचीमा राख्ने राष्ट्रसंघीय प्रस्तावलाई अवरुद्ध गरेको छ।

    भारतले पनि यो प्रस्तावलाई समर्थन गरेको छ ।  साजिद मीर भारतका मोस्ट वान्टेड आतंकवादी मध्ये एक हो। भारतीय संचारमाध्यमका अनुसार उनी  सन् २००८ को मुम्बई हमलाको मुख्य षड्यन्त्रकारी पनि हुन ।



    साजिदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को अल-कायदा प्रतिबन्ध समिति अन्तर्गत एक विश्वव्यापी आतंकवादी तोकिएको थियो र कालोसूचीमा राखिएको थियो।



    यो प्रस्ताव अमेरिकाबाट ल्याइएको थियो ।  जानकारीका अनुसार अमेरिकी एजेन्सी एफबीआईले मिरलाई ‘मोस्ट वान्टेड’ आतंकवादी घोषणा गरिसकेको छ । एफबीआईले मिरको गिरफ्तारी र सजायको बारेमा जानकारी दिने जो कोहीलाई५ मिलियन डलर सम्मको इनाम तोकेको छ।

    गत महिना मात्र चीनले संयुक्त राष्ट्र संघमा जैश-ए-मोहम्मद (जेएम) प्रमुख मसूद अजहरका भाइ अब्दुल रउफ अजहरलाई कालो सूचीमा राख्ने अमेरिका र भारतको प्रस्तावलाई रोकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार