Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई पाकिस्तानले कहिलेसम्म जेलमा राख्न सक्छ ?

    मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई पाकिस्तानले कहिलेसम्म जेलमा राख्न सक्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 3.4K
    SHARES

    एजेन्सी। प्रतिबन्धित संगठन जमात-उद-दावाका नेता हाफिज मोहम्मद सईद हाल जेलमा रहेका छन्।

    हाफिज मोहम्मद सईदको विरुद्ध पाकिस्तानको पंजाब प्रान्तका विभिन्न शहरहरूमा सातवटा मुद्दा दर्ता गरिएको छ।



    ती मध्ये उनी अहिलेसम्म तीनवटा मुद्दामा सजाय पाइसकेका छन्।



    बिबिसीका अनुसार संयुक्त राज्य अमेरिका र भारत लामो समयदेखि सन् २००८ मा मुम्बई हमलाका सूत्रधार हाफिज मोहम्मद सईदको पक्राउ र कारवाहीको मांग गर्दै आएका थिए।

    यस आक्रमणमा १६० जना मारिएका थिए । पछिल्ला २० बर्षमा उनी धेरै चोटि पक्राउ परे र घरमा नजरबन्दमा राखिए। तर त्यो मुद्दा कहिले चलाइएको थिएन। हरेक पटक उनलाई रिहा गरिएको थियो।
    अमेरिकामा सेप्टेम्बर ११ आक्रमण पछि, पाकिस्तान सरकारले उनलाई धेरै पटक पक्राउ गर्यो। धेरै चोटि उनलाई नजरबन्दमा राखियो।

    पहिलो पटक, उनलाई नजरबन्दमा राखिएको थियो जब भारत सरकारले २००१ मा  संसदमा आक्रमणको षडयन्त्रको जिम्मेवारी घोषणा गर्‍यो ।
    त्यसपछि भारत सरकारले उनलाई मुम्बईमा २००६ मा बम विष्फोटको मास्टरमाइन्डको रूपमा आरोप लगायो ।

    उनी २००८ देखी २००९ मा कयौ पटक पक्राउ परे र धेरै पटक नजरबन्दमा राखिएको थियो। त्यो बेला लश्कर-ए-तैयबा मुम्बई हमलामा संलग्न थियो। यसको कमाण्ड हाफिज मोहम्मद सईदको हातमा थियो ।

    तर प्रत्येक पटक भारतले आरोप लगायो, पाकिस्तानी सरकारले हाफिज मोहम्मद सईदको विरुद्ध अभियोग दर्ता गरेन। बरु उनले अदालतमा आफ्नो नजरबन्द बढाउन बिन्तीगरे ।

    अन्ततः अदालतले यी अनुरोधहरू खारेज  गर्‍यो। तर २०१९ जुलाईमा, उनलाई गुजर्नवालाको अदालत जाँदा रोकियो। उनलाई लाहोरको ५० किलोमिटर उत्तरमा कामोक टोल प्लाजामा आतंकवाद विरोधी पुलिसको टोलीले पक्राउ गरेको थियो।

    फेब्रुअरीमा जमात-उद-दावाका प्रमुख हाफिज सईदलाई फाइनान्सियल एक्शन टास्क फोर्सको एक प्रमुख बैठकभन्दा ठीक केही दिन अघि साढे पाँच वर्ष जेल सजाय सुनाइएको थियो। लाहौरको एन्टी टेररिजम कोर्टले एकै साथ दुबै सजाय सुनायो। उनीमाथि आतंकवाद रोकथाम ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।

    भारतले धेरै वर्षदेखि हाफिज सईदको खोजी गर्दै आएको थियो । सईदको नाम संयुक्त राष्ट्र संघ र अमेरिकाको ग्लोबल टेररिस्ट लिस्टमा छ।

    जम्मू कश्मीरको पुलवामा जिल्लामा भएको आक्रमण पछि पाकिस्तानले हाफिज सईदको जमात-उद-दावा र यसका परोपकारी शाखा फलाह-ए-इन्सानीयत फाउण्डेशनलगायत देशका धेरै चरमपन्थी संगठनहरूमा प्रतिबन्ध लगाएको घोषणा गरेको गरेको थियो ।

    हाफिज सईदविरुद्ध पंजाबका विभिन्न अदालतमा सातवटा मुद्दा दर्ता गरिएको छ। उनको विरुद्ध लाहौरमा दुईवटा मुद्दा दायर गरिएको थियो।

    हाफिज सईदलाई अहिलेसम्म तीनवटा बेग्लाबेग्लै मुद्दामा २१ वर्ष जेल सजाय सुनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार