Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय गुप्तचरको रिपोर्ट : चीनले नेपालको सात जिल्लामा सीमा मिच्यो

    भारतीय गुप्तचरको रिपोर्ट : चीनले नेपालको सात जिल्लामा सीमा मिच्यो

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं। भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर  नेपाल भ्रमण गरेपछि बिभिन्न आशंकाहरु उब्जिएका छन्।

    यही बेला भारतीय गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ।



    भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ।



    भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन्।

    चीनले दोलखामा केरेलाकोसम्म पुग्ने नेपालको जमीन मिचेको र पिलर नम्बर ५७ मिचेको पनि जनाएइएको छ।

    यता गोरखा जिल्लामा ३५, ३७ र ३८ नम्बर पिलरपनि मिचेको जनाइएको छ। सोलुखुम्बुमा पिलर नम्बर ६२ पनि मिचेको समाचारमा उल्लेख छ।

    यस्तै गोरखाको पिलर नम्बर ३५, ३७ र ३८ रुई र तेघामा पर्नेजनाइएको छ।यो गाउँ नेपालमै पर्ने समाचारमा उल्लेख छ।

    यहाँका बासिन्दाहरूले नेपाल सरकारलाई कर तिर्ने गरेको पनि जनाएको छ। यसको बाबजुद चीनले २०१७ मा यस क्षेत्रलाई चीनको तिब्बत स्वायत्त क्षेत्रको हिस्सा घोषणा गरेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार